NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

एमाले कोशी प्रदेश अधिवेशन आजदेखि, ओलीले रिमोट थिचेर उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमाले कोशी प्रदेश समितिको प्रथम अधिवेशन आजदेखि सुरु हुँदैछ ।

प्रदेश राजधानी विराटनगरमा दुई दिनसम्म आयोजना गरिएको अधिवेशनमा १४ जिल्लाका ९ सय ९७ सहित कुल १ हजार ४८ जना प्रतिनिनिधिहरुले सहभागीता जनाउँदैछन् ।

प्रदेश अधिवेशन प्रचार-प्रसार उपसमितिका संयोजक एवं प्रदेश कमिटीका उपसचिव शैलेश लामाका अनुसार शुक्रबार अध्यक्ष ओलीले रिमोट थिचेर अधिवेशनको मूल ब्यानर उद्घाटन गर्नेछन् ।

अधिवेशनलाई भव्य र सभ्य बनाउन विभिन्न १२ वटा उपसमितिहरु गठन गरिएको छ । अधिवेशनको सबै तयारी पुरा भएको छ । जिल्लाबाट प्रतिनिधिहरु आउनेक्रम जारी रहेको एमाले केन्द्रीय सचिव तथा कोसी प्रदेश ईन्चार्ज रधुवीर महासेठले जानकारी दिएका छन् ।

एमालेले प्रथम कोसी प्रदेश अधिवेशनलाई भव्य बनाउन प्रदेश राजधानी विराटनगरलाई तुल ब्यानरले सजाइएको छ । यस्तै पञ्चाली स्थित पार्टी कार्यालय पनि सजाइएको छ ।

अधिवेशनले अध्यक्षसहित ५ जना पदाधिकारी समेत गरेर जम्मा २ सय १५ जना सदस्य निर्वाचित गर्नेछ ।