नायक अनमोल केसी पक्राउ, आपराधिक विश्वासघातको मुद्दा
काठमाडौं । फिल्म निर्माताले दिएको आपराधिक विश्वासघात मुद्दामा नायक अनमोल केसी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार उनलाई काभ्रेको साँगाबाट पक्राउ गरेको हो ।
रावायण फिल्मका निर्माता सुदर्शन थापाले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको एसपी रबिन्द्र रेग्मीले बताए । फिल्म खेल्न भनेर सुरुमा १० लाख लिएका थिए तर पछि फिल्म अस्वीकार पनि गरे भने पैसा पनि फिर्ता दिएनन् । सुरुमा प्रहरीले छलफल गराउन खोज्दा केसीले जे गरे पनि आउँदिन भनेर जवाफ दिएपछि प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको हो ।
ताजा अपडेट
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज पानी पर्ने
-
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्


प्रतिक्रिया