नायक अनमोल केसीको स्वास्थ्यमा समस्या, नर्भिक अस्पताल भर्ना
काठमाडौं । शुक्रबार साँझ पक्राउ परेका नायक अनमोल केसी अस्पताल भर्ना भएका छन् ।
छातीमा पीडा भएपछि उनलाई गएराति नर्भिक अस्पताल भर्ना गरिएको निर्माता सरोज न्यौपानेले जानकारी दिए । न्यौपाने अनमोलको आगामी फिल्म ‘जेरी अनटप’का निर्माता हुन् ।
‘रावायण’ फिल्मको तर्फबाट निर्मात्री सुप्रिया कटुवालले दिएको आपराधिक विश्वासघात मुद्दामा नायक अनमोल केसी पक्राउ परेका हुन् ।
रावायण फिल्मका निर्माता सुदर्शन थापाले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको एसपी रबिन्द्र रेग्मीले बताए । अनमोल माथि फिल्म खेल्न भनेर सुरुमा १० लाख लिएको तर पछि फिल्म अस्वीकार गरेर पनि पैसा फिर्ता नदिएको आरोप छ ।
अनमोललाई आइतबार अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया