नायक अनमोल केसीको स्वास्थ्यमा समस्या, नर्भिक अस्पताल भर्ना
काठमाडौं । शुक्रबार साँझ पक्राउ परेका नायक अनमोल केसी अस्पताल भर्ना भएका छन् ।
छातीमा पीडा भएपछि उनलाई गएराति नर्भिक अस्पताल भर्ना गरिएको निर्माता सरोज न्यौपानेले जानकारी दिए । न्यौपाने अनमोलको आगामी फिल्म ‘जेरी अनटप’का निर्माता हुन् ।
‘रावायण’ फिल्मको तर्फबाट निर्मात्री सुप्रिया कटुवालले दिएको आपराधिक विश्वासघात मुद्दामा नायक अनमोल केसी पक्राउ परेका हुन् ।
रावायण फिल्मका निर्माता सुदर्शन थापाले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको एसपी रबिन्द्र रेग्मीले बताए । अनमोल माथि फिल्म खेल्न भनेर सुरुमा १० लाख लिएको तर पछि फिल्म अस्वीकार गरेर पनि पैसा फिर्ता नदिएको आरोप छ ।
अनमोललाई आइतबार अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया