अचाक्लीसँग किन बढाइयो ग्यासको भाउ ?
काठमाडौं । खाना पकाउने एलपी ग्यासको मूल्य इतिहासकै सबैभन्दा उच्च बिन्दुमा पुग्नुमा सरकारले लिने करको हिस्सा पनि प्रमुख कारण हो । आयल निगमले दुई हजार एक सय १० रुपैयाँ निर्धारण गरेको प्रतिसिलिन्डर ग्यास आइओसीबाट एक हजार चार सय ५८ रुपैयाँ ९४ पैसामा खरिद गरेको छ ।
यो ग्यास आयात गर्दा भन्सार बिन्दुमै तीन सय ३५ रुपैयाँ ७९ पैसा करबापत दाखिला गर्नुपर्छ । भन्सार तथा प्रज्ञापन शुल्कबापत ७८.४५ रुपैयाँ र पूर्वाधार करबापत दुई सय ३६ रुपैयाँ २५ पैसा प्रतिसिलिन्डर निर्धारण गरिएको छ । त्यस्तै, आयल निगमले मूल्य स्थिरीकरण कोषका लागि थप २१.१० रुपैयाँ जोड्ने गरेको छ ।
अन्य पेट्रोलियम पदार्थमा पनि करको दर उच्च नै छ । आइओसीबाट १०२.७३ रुपैयाँ प्रतिलिटरमा खरिद गरेको पेट्रोलमा ६३.८६ रुपैयाँ कर लाग्ने गरेको छ । ११८.४० रुपैयाँ प्रतिलिटरमा किनेको डिजेलमा ४७.९१ रुपैयाँ तथा ११३.४६ रुपैयाँ प्रतिलिटरमा किनेको मट्टीतेलमा ३४.४१ रुपैयाँ कर लाग्ने गरेको छ । ११३.७५ रुपैयाँमा किनेको हवाई इन्धनमा भने २०.६४ रुपैयाँ कर लाग्ने गरेको छ । यो करको दर उच्च भएको र पुनरावलोकन हुनुपर्ने माग उठ्दै आए पनि सरकारले चासो दिएको छैन, नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया