अचाक्लीसँग किन बढाइयो ग्यासको भाउ ?

काठमाडौं । खाना पकाउने एलपी ग्यासको मूल्य इतिहासकै सबैभन्दा उच्च बिन्दुमा पुग्नुमा सरकारले लिने करको हिस्सा पनि प्रमुख कारण हो । आयल निगमले दुई हजार एक सय १० रुपैयाँ निर्धारण गरेको प्रतिसिलिन्डर ग्यास आइओसीबाट एक हजार चार सय ५८ रुपैयाँ ९४ पैसामा खरिद गरेको छ ।
यो ग्यास आयात गर्दा भन्सार बिन्दुमै तीन सय ३५ रुपैयाँ ७९ पैसा करबापत दाखिला गर्नुपर्छ । भन्सार तथा प्रज्ञापन शुल्कबापत ७८.४५ रुपैयाँ र पूर्वाधार करबापत दुई सय ३६ रुपैयाँ २५ पैसा प्रतिसिलिन्डर निर्धारण गरिएको छ । त्यस्तै, आयल निगमले मूल्य स्थिरीकरण कोषका लागि थप २१.१० रुपैयाँ जोड्ने गरेको छ ।
अन्य पेट्रोलियम पदार्थमा पनि करको दर उच्च नै छ । आइओसीबाट १०२.७३ रुपैयाँ प्रतिलिटरमा खरिद गरेको पेट्रोलमा ६३.८६ रुपैयाँ कर लाग्ने गरेको छ । ११८.४० रुपैयाँ प्रतिलिटरमा किनेको डिजेलमा ४७.९१ रुपैयाँ तथा ११३.४६ रुपैयाँ प्रतिलिटरमा किनेको मट्टीतेलमा ३४.४१ रुपैयाँ कर लाग्ने गरेको छ । ११३.७५ रुपैयाँमा किनेको हवाई इन्धनमा भने २०.६४ रुपैयाँ कर लाग्ने गरेको छ । यो करको दर उच्च भएको र पुनरावलोकन हुनुपर्ने माग उठ्दै आए पनि सरकारले चासो दिएको छैन, नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
प्रतिक्रिया