प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
संघीय संसद् सचिवालयले आइतबार बैठक बस्न लागेको जानकारी दिँदै यसका लागि चार कार्यसूची तय भएको जनाएको छ ।
संसद् सचिवालयका अनुसार, आजको कार्यसूचीमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम छ ।
त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० पेश गर्दैछन् । लामो समयदेखि यो विधेयक अघि बढाउन गृहकार्य भए पनि रोकिएको थियो ।
त्यसअघि विद्यालय शिक्षा विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले विरोध जनाएका छन् । आजको बैठकमा सुवालबाट प्राप्त विरोधको उक्त सूचना निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया