NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

संघीय संसद् सचिवालयले आइतबार बैठक बस्न लागेको जानकारी दिँदै यसका लागि चार कार्यसूची तय भएको जनाएको छ ।

संसद् सचिवालयका अनुसार, आजको कार्यसूचीमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम छ ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० पेश गर्दैछन् । लामो समयदेखि यो विधेयक अघि बढाउन गृहकार्य भए पनि रोकिएको थियो ।

त्यसअघि विद्यालय शिक्षा विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले विरोध जनाएका छन् । आजको बैठकमा सुवालबाट प्राप्त विरोधको उक्त सूचना निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ ।