नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य
काठमाडौं । नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन जोडेको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ५२ रन जोडे । उनले २७ बल खेल्दै तीन छक्का र तीन चौकाको मद्दतमा अर्ध शतक बनाएका हुन् ।
कुशल मल्लले ४७, कुशल भुर्तेल र गुलशन झाले समान ३५–३५ र विनोद भण्डारीले १३ रन जोडे । अन्यले भने दोहोरो अंकको रन जोड्न सकेनन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया