नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं । नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन जोडेको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ५२ रन जोडे । उनले २७ बल खेल्दै तीन छक्का र तीन चौकाको मद्दतमा अर्ध शतक बनाएका हुन् ।
कुशल मल्लले ४७, कुशल भुर्तेल र गुलशन झाले समान ३५–३५ र विनोद भण्डारीले १३ रन जोडे । अन्यले भने दोहोरो अंकको रन जोड्न सकेनन् ।
ताजा अपडेट
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
प्रतिक्रिया