एमाले जिल्ला कमिटी सदस्य माओवादीमा प्रवेश
काठमाडौं । नेकपा एमालेको खोटाङ जिल्ला कमिटी सदस्य कृष्ण कार्की नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । एमालेको दिप्रुङ गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका कार्की खोटाङमा शनिबार आयोजित एक कार्यक्रमबीच माओवादी प्रवेश गरेका हुन् ।
उनलाई माओवादी केन्द्रका लेखा आयोग अध्यक्ष पेशल खतिवडाले खादा तथा माला लगाएर पार्टी प्रवेश गराए ।
गत स्थानीय तह निर्वाचनमा आफ्नो स्थानीय तहमा एमाले उम्मेदवार निर्वाचित गर्न नसकेपछि उनी करिब निष्क्रियजस्तै थिए ।
त्यस्तै, शनिबार नै कांग्रेस क्षेत्रीय प्रतिनिधि गंगाबहादुर विक, एकीकृत समाजवादीका वडा कमिटी अध्यक्ष शेरबहादुर थापालगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया