NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

एमाले जिल्ला कमिटी सदस्य माओवादीमा प्रवेश

काठमाडौं । नेकपा एमालेको खोटाङ जिल्ला कमिटी सदस्य कृष्ण कार्की नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । एमालेको दिप्रुङ गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका कार्की खोटाङमा शनिबार आयोजित एक कार्यक्रमबीच माओवादी प्रवेश गरेका हुन् ।

उनलाई माओवादी केन्द्रका लेखा आयोग अध्यक्ष पेशल खतिवडाले खादा तथा माला लगाएर पार्टी प्रवेश गराए ।

गत स्थानीय तह निर्वाचनमा आफ्नो स्थानीय तहमा एमाले उम्मेदवार निर्वाचित गर्न नसकेपछि उनी करिब निष्क्रियजस्तै थिए ।

त्यस्तै, शनिबार नै कांग्रेस क्षेत्रीय प्रतिनिधि गंगाबहादुर विक, एकीकृत समाजवादीका वडा कमिटी अध्यक्ष शेरबहादुर थापालगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् ।