एमाले अध्यक्ष ओलीसहितका एमाले नेता बालुवाटारमा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीसहित सो पार्टीका केही नेता प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटका लागि निम्तो गरेपछि ओलीसहित एमाले नेता बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयले एमाले अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र सो पार्टीका संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला छलफलका लागि बालुवाटार आएको जनाएको छ ।
अमेरिका र चीनको भ्रमण सकाएर फर्किएलगत्तै प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद गर्न लागेका हुन् । छलफलको विषय भने खुलेको छैन ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया