एसियाली खेलकुद : माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटर फाइनलमा
काठमाडौं । एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल क्वाटरफाइनल प्रवेश गरेको हो ।
योसँगै नेपालले अन्तिम आठमा स्थान पक्का गरेको छ ।
माल्दिभ्ससँगको खेलमा अविनाश बोहरा चम्किए । उनले सानदार बलिङ गर्दै ३.४ ओभरमा मात्रै ११ रन खर्चेर ६ विकेट लिए ।
त्यस्तै, सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक/एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन जोडेको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ५२ रन जोडे । उनले २७ बल खेल्दै तीन छक्का र तीन चौकाको मद्दतमा अर्ध शतक बनाएका हुन् ।
कुशल मल्लले ४७, कुशल भुर्तेल र गुलशन झाले समान ३५–३५ र विनोद भण्डारीले १३ रन जोडे । अन्यले भने दोहोरो अंकको रन जोड्न सकेनन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया