प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले संसद्मा प्रतिनिधित्व गर्ने सात दलको सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
अहिले बिहान ११ बजेका लागि सात दलको संयुक्त बैठक आह्वान गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
यसअघि प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्षलगायत नेतासँग बालुवाटारमा छलफल गरेका थिए ।छलफलको विषयबारे भने केही खुलाइएको छैन ।
प्रतिक्रिया