सर्वदलीय बैठक जारी, रास्वपा अनुपस्थित
काठमाडौं । चाडपर्वको मुखमा मूल्यवृद्धि गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठक अस्वीकार गरेको छ ।
पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त बैठकमा नजाने जानकारी दिएका हुन् ।
‘चाड पर्वहरुको मुखमा आम उपभोक्ताहश्रलई मारपर्ने गरी सरकारले गरेको मूल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ । यसको विरोध स्वरुप आज प्रधानमन्त्रीज्यूले बोलाउनुभएको बैठक हामीले बहिष्कार गरेका छौं । थप कार्यक्रमबारे जानकारी दिनेछौं,’ उनले लेखेका छन् ।
गएरातिबाट नेपाल आयल निगमले खाना पकाउने एल.पि.जी ग्यासको प्रति सिलिण्डर २३५ रूपैयाँले वृद्धि गरेको छ । योसँगै १८९८ रहेको ग्याँसको मूल्य २११० रुपैयाँ भएको हो ।
त्यस्तै पेट्रोल तथा डिजेल/मट्टितेलमा क्रमशः प्रति लिटर ४ र ३ रुपैयाँले मूल्य वृद्धि भएको हो ।
रास्वपाबाहेक अन्य ६ दलका नेताको बैठक भने अहिले जारी छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया