NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

सर्वदलीय बैठक जारी, रास्वपा अनुपस्थित

काठमाडौं । चाडपर्वको मुखमा मूल्यवृद्धि गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठक अस्वीकार गरेको छ ।

पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त बैठकमा नजाने जानकारी दिएका हुन् ।

‘चाड पर्वहरुको मुखमा आम उपभोक्ताहश्रलई मारपर्ने गरी सरकारले गरेको मूल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ । यसको विरोध स्वरुप आज प्रधानमन्त्रीज्यूले बोलाउनुभएको बैठक हामीले बहिष्कार गरेका छौं । थप कार्यक्रमबारे जानकारी दिनेछौं,’ उनले लेखेका छन् ।

गएरातिबाट नेपाल आयल निगमले खाना पकाउने एल.पि.जी ग्यासको प्रति सिलिण्डर २३५ रूपैयाँले वृद्धि गरेको छ । योसँगै १८९८ रहेको ग्याँसको मूल्य २११० रुपैयाँ भएको हो ।

त्यस्तै पेट्रोल तथा डिजेल/मट्टितेलमा क्रमशः प्रति लिटर ४ र ३ रुपैयाँले मूल्य वृद्धि भएको हो ।

रास्वपाबाहेक अन्य ६ दलका नेताको बैठक भने अहिले जारी छ ।