पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन, यस्तो छ कार्यादेश
काठमाडौं । सरकारले सुन तस्करी प्रकरणमा छानविन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले चार सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आयोगमा अर्थविज्ञ किशोरजंग कार्की, प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा सदस्य रहेको जानकारी दिइन् ।
त्यसअघि आइतबार बिहान बालुवाटारमा बसेको बैठकले तीन वटा कार्यादेश तय गरेको हो । आयोगलाई तीन महिनाको कार्यावधि रहने सहमति भएको थियो ।
पटक–पटक भएको सुन तस्करीलाई नियन्त्रण गर्नका निमित्त मौजुदा कानुनमा परिमार्जन गर्न भने परिमार्जन गर्ने गरी कार्यादेश दिइएको छ ।
त्यस्तै, संरचनागत कमीकमजोरी छन् भने सुधार गर्ने आयोगको दोस्रो कार्यादेश छ ।
सुन तस्करीका विषयमा सरकारका विभिन्न निकायले अहिलेसम्म गरेको छानबिन अनुसन्धानको अध्ययन गरेर थप छानबिन गर्न आवश्यक वा थप गर्नुपर्ने देखिएमा थप अनुसन्धान र कारबाहीका लागि सिफारिस गर्नेगरी कार्यादेशमा सहमति गरिएको हो ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया