NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन, यस्तो छ कार्यादेश

काठमाडौं । सरकारले सुन तस्करी प्रकरणमा छानविन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले चार सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आयोगमा अर्थविज्ञ किशोरजंग कार्की, प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा सदस्य रहेको जानकारी दिइन् ।

त्यसअघि आइतबार बिहान बालुवाटारमा बसेको बैठकले तीन वटा कार्यादेश तय गरेको हो । आयोगलाई तीन महिनाको कार्यावधि रहने सहमति भएको थियो ।

पटक–पटक भएको सुन तस्करीलाई नियन्त्रण गर्नका निमित्त मौजुदा कानुनमा परिमार्जन गर्न भने परिमार्जन गर्ने गरी कार्यादेश दिइएको छ ।

त्यस्तै, संरचनागत कमीकमजोरी छन् भने सुधार गर्ने आयोगको दोस्रो कार्यादेश छ ।

सुन तस्करीका विषयमा सरकारका विभिन्न निकायले अहिलेसम्म गरेको छानबिन अनुसन्धानको अध्ययन गरेर थप छानबिन गर्न आवश्यक वा थप गर्नुपर्ने देखिएमा थप अनुसन्धान र कारबाहीका लागि सिफारिस गर्नेगरी कार्यादेशमा सहमति गरिएको हो ।

efgmm-1696141625.jpg