पृथ्वीसुब्बा गुरुङ भन्छन्- अझै १० वर्ष एमालेमा केपी ओलीको विकल्प छैन
काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्वाधिनताको अभियान डगमगिन नदिनका लागि अझै १० बर्ष पार्टी केपी ओलीको नेतृत्व स्विकार्नु पर्ने बताएका छन् ।
एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन बोल्दै गुरुङले पार्टीमा अझै १० वर्षसम्म केपी शर्मा ओलीको विकल्प नरहेको दाबी गरेका हुन् ।
त्यसक्रममा उनले एमालेलाई हल्लाउन सक्ने कुनै शक्ति नरहेको र एमाले हल्लिए आफ्नै कारणले हुने बताए । समाजवादको आधार तयार पार्न एमालेले लगातार २०÷२५ वर्ष जित्नुपर्ने उनको जिकिर थियो ।
त्यसक्रममा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार टिकाउनकै लागि अपराधीसँग सम्झौता गरेको बताए ।
प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग म्याच फिक्सिङ गरेको आरोप लगाएका हुन् ।
‘कांग्रेस शोसक, कमिसनखोर र भ्रष्टाचारीहरुको पार्टी हो । आज प्रचण्ड सरकारमार्फत् कमिसनखोर र तस्करहरु समातेको नाउमा कमरेड प्रचण्डले माधव नेपालसँग म्याच फिक्सिङ गरे’, उनले भने ।
उनले माधवको पार्टी धेरैदिन नटिक्ने दाबी गर्दै एमालेमा प्रवेश गर्नसमेत आग्रह गर्दै गठबन्धन फुटाएर सरकार परिवर्तन नगरी अहिलेको विकृति अन्त्य नुहुने बताए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया