घुससहित इन्जिनियर विजयालक्ष्मी पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेको अवस्थामा सबईन्जिनियरलाई सोमबार काठमाडौंमा पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका १४ नम्बर वडा कार्यालयमा कार्यरत असिस्टेन्ट सब–ईन्जिनियर बिजयालक्ष्मी पन्तलाई २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
उनले घर निर्माण गरिसकेको प्रमाणपत्र उपलब्ध गराएबापत घुस लिएकी हुन् ।
पन्तलाई घुस रकमसहित चन्द्रागिरी नगरपालिकाकै वडा नम्बर ११ सतुङ्गलस्थित माई फुड डेरी खाजा पसलबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया