NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

हाम्रो प्रतिस्पर्धी क्षमता बढ्यो, १ दिन अवश्य जित हुनेछ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीको प्रतिस्पर्धी क्षमता बढेको बताएका छन् ।

१९औं एसियाली खेलकुदअन्तर्गत २३ रनले भारतसँग पराजित नेपाली खेलाडीलाई ढाडस दिँदै उनले सुधारिएको प्रदर्शन गरिएको भन्दै प्रशंसा गरे ।

‘मात्र २३ रनको फरक ! हाम्रो प्रतिस्पर्धी क्षमता बढेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

कोसिस गर्नेको एक दिन अवश्य जित हुने उल्लेख गर्दै उनले नेपाली खेलाडीलाई ढाडस दिएका छन् ।

१९औं दक्षिण एसियाली खेलकुदअन्तर्गत मंगलबार सम्पन्न क्रिकेट खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । योसँगै नेपाल उक्त प्रतियोगिताबाट बाहिरिएको छ ।