हाम्रो प्रतिस्पर्धी क्षमता बढ्यो, १ दिन अवश्य जित हुनेछ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीको प्रतिस्पर्धी क्षमता बढेको बताएका छन् ।
१९औं एसियाली खेलकुदअन्तर्गत २३ रनले भारतसँग पराजित नेपाली खेलाडीलाई ढाडस दिँदै उनले सुधारिएको प्रदर्शन गरिएको भन्दै प्रशंसा गरे ।
‘मात्र २३ रनको फरक ! हाम्रो प्रतिस्पर्धी क्षमता बढेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
कोसिस गर्नेको एक दिन अवश्य जित हुने उल्लेख गर्दै उनले नेपाली खेलाडीलाई ढाडस दिएका छन् ।
१९औं दक्षिण एसियाली खेलकुदअन्तर्गत मंगलबार सम्पन्न क्रिकेट खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । योसँगै नेपाल उक्त प्रतियोगिताबाट बाहिरिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया