NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

इन्द्रजात्रामा युवकको हत्याः दुई युवतीसहित चार पक्राउ

काठमाडौं । इन्द्रजात्राको बेला काठमाडौंको हनुमान ढोकामा ओखलढुंगाका युवकको हत्या गरेको आरोपमा प्रहरीले दुई युवतीसहित चार जनालाई पक्राउ गरेको छ।

चक्कु प्रहार गरी ओखलढुंगाको लिखु गाउँपालिका ४ घर भई हाल काठमाडौंको क्षेत्रपाटी बस्ने १७ वर्षीय सनि कार्कीको हत्या भएको थियो।
हत्यापछि भाग्न लागेका सन्देश खड्गी र सोनिया श्रेष्ठ खड्गीलाई राति नै प्रहरीले पक्राउ गरेकोमा मंगलबार भुमी मल्ललाई मंगलबार क्षेत्रपाटीबाट र अरबिन ठकुरीलाई ललितपुर महानगरपालिका १६ पाटनढोकाबाट पक्राउ गरेको हो। रक्सी खाने विषयमा भएको सामान्य विवादले सो हत्या भएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष