बेगनास तालमा एक जना मृत फेला
लेखनाथ । पोखरा-३१ लेखनाथ अलैँची कुनास्थित बेगनासतालमा गए राति एक युवा मृतावस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता श्रवणकुमार विकले प्यूठान मलरानी गाउँपालिका–- का २२ वर्षीय अनिश श्रेष्ठ मृतावस्थामा फेला परेको बताए। उनका अनुसार श्रेष्ठको शवपरीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।
इलाका प्रहरी कार्यालय सिसुवाबाट सात जनाको प्रहरी टोली घटनास्थल पुगी राति नै शव तालबाट बाहिर निकालेको थियो । नागरिकताका आधारमा मृतकको परिचय खुलेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया