तनहुँको अत्रौलीमा भारी वर्षा, सतर्क रहन आग्रह
दमौली । तनहुँको घिरिङ गाउँपालिका-१ अत्रौलीमा भारी वर्षा भएको छ ।
मङ्गलबारदेखि निरन्तर परेको वर्षाका कारण पछिल्लो २४ घण्टामा अत्रौलीमा अत्यधिक वर्षा भएको हो ।
जल तथा मौसमविज्ञ विभाग बाढी पूर्वानुमान महाशाखाले यस ठाउँमा अत्यधिक वर्षा भएपछि सतर्क रहन आग्रह गरेको छ । वर्षाका कारण नदी तथा खोलामा बहाव बढ्न सक्ने भएकाले सतर्क रहन आसपासका सर्वसाधारणलाई आग्रह गरिएको छ ।
उक्त ठाउँमा पछिल्लो २४ घण्टाको अवधिमा १४७.८ मिलिलिटर वर्षा भएको छ । यो खतराको तह मानिन्छ । विभागले आज तनहुँको बन्दीपुरस्थित मस्र्याङ्दी, दमौलीस्थित सेती नदीमा उल्लेख्य पानीको बहाव बढ्ने जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया