NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

बाँकेमा धार्मिक तथा सामाजिक सद्भाव खलल पुग्ने गतिविधि नगर्न कांग्रेसको अपिल

काठमाडौं । नेपाली कांग्रेसले बाँकेमा सामाजिक, सांस्कृतिक, धार्मिक, राजनैतिक एवं समग्र सदभावका लागि अपिल गरेको छ ।

सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् । उनले केही दिन यता बाँकेमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पु¥याउन सक्ने विषयप्रति गम्भीर चिन्ता प्रकट गरेका छन् ।

देउवाले संवेदनशीलतालाई मध्यनजर गर्दै राजनैतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ–संस्था एवं समाजका अग्रज व्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबिचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न आग्रह गरेका छन् ।

congress