दुई यरोपेली मुलुकले नेपालीलाई वर्किङ भिसा दिँदै, कति छ तलब ?
काठमाडौं । युरोपका विभिन्न मुलुकमा श्रमका लागि नेपाली कामदारको अवैध प्रवेश भइरहेका वेला अब दुई मुलुकमा सरकारले नै श्रम सम्झौता गरेर पठाउने भएको छ । सरकारले जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न लागेको हो ।
रोमानियासँग शुक्रबार र जर्मनीसँग मंगलबार श्रम सम्झौता हुँदै छ । युरोपेली मुलुकसँग यो नै नेपालको पहिलो श्रम सम्झौता हुनेछ । सम्झौतापछि नेपाली श्रमिकले श्रम स्वीकृति लिएरै औपचारिक रूपमा जर्मनी र रोमानिया जान पाउनेछन् । जर्मनीमा सरकार आफैँले र रोमानियामा म्यानपावर व्यवसायीमार्फत कामदार पठाउनेछ ।
जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न बुधबार श्रममन्त्री शरत्सिंह भण्डारीसहित चारजना रोमानियातर्फ उडेका छन् । मन्त्री भण्डारीसँगै श्रम मन्त्रालयका सचिव केवलसिंह भण्डारी, उपसचिवहरू डम्बरबहादुर सुनुवार र निर्मला गुरुङ कट्टेल छन् । श्रम मन्त्रालयको टोलीसँगै परराष्ट्रका केही प्रतिनिधि पनि गएको श्रम मन्त्रालय रोजगार व्यवस्थापन महाशाखाका प्रमुख राजीव पोखरेलले जानकारी दिए । नेपाली श्रमिकको गन्तव्यलाई सुदृढ गर्न सम्भावित नयाँ मुलुकको खोजी गरिएको उनले बताए । जर्मनी र रोमानियाले चासो देखाएपछि नेपालले श्रम सम्झौताको कदम अगाडि बढाएको उनको भनाइ छ ।
जर्मनी र रोमानियाजस्तै युरोपियन देशहरूले आप्रवासी श्रमिक भित्र्याउने नीति लिएका छन् । न्यून ज्यालामा आप्रवासी कामदार पाउने भएपछि युरोपियन मुलुकहरू यसतर्फ उत्साहित भएका हुन् । यी मुलुकहरूको मागअनुसार धेरै नेपाली युवा युरोपका विभिन्न मुलुक पुगेका छन् । तर, श्रम सम्झौता नहुँदा दलालहरूले नेपाली युवाबाट ठूलो रकम असुल्ने गरेको उनले बताए । ‘युवाहरूबाट रकम असुल्ने मात्रै होइन, पैसा खाएर भागिदिने, अवैधानिक बाटो हुँदै बीचमा छोडिदिने घटना बढ्न थालेका छन्,’ उनले भने । श्रम सम्झौतापछि भने यस्ता घटना नियन्त्रण हुने उनको जिकिर छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया