NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

भ्रष्टाचार नियन्त्रणमा थेसिस गर्न अख्तियारले रकम दिने, कसलाई कति ?

काठमाडौं । भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको क्षेत्रमा अनुसन्धान अर्थात् थेसिस गर्न चाहनेहरुका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकम (अनुसन्धान वृत्ति) उपलब्ध गराउने भएको छ ।

विश्वका कुनै पनि मान्यताप्राप्त विश्वविद्यालय तथा आङ्गिक क्याम्पसहरुमा स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहमा अध्ययनरत एक/एक जना गरी तीन जनालाई अनुसन्धान वृत्ति दिइने आयोगले जनाएको छ । छनोट भएका सोधार्थीले क्रमश, १ लाख, १ लाख ५० हजार र २ लाख ५० हजारका दरले रकम पाउनेछन् ।

आयोगले आज सूचना जरी गर्दै इच्छुक शोधार्थीलाई आजको ६० दिन भित्र आयोगको वेबसाइटमार्फत रितपूर्वक अनलाइन आवेदन दिन अनुरोध गरेको छ ।