भ्रष्टाचार नियन्त्रणमा थेसिस गर्न अख्तियारले रकम दिने, कसलाई कति ?
काठमाडौं । भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको क्षेत्रमा अनुसन्धान अर्थात् थेसिस गर्न चाहनेहरुका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकम (अनुसन्धान वृत्ति) उपलब्ध गराउने भएको छ ।
विश्वका कुनै पनि मान्यताप्राप्त विश्वविद्यालय तथा आङ्गिक क्याम्पसहरुमा स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहमा अध्ययनरत एक/एक जना गरी तीन जनालाई अनुसन्धान वृत्ति दिइने आयोगले जनाएको छ । छनोट भएका सोधार्थीले क्रमश, १ लाख, १ लाख ५० हजार र २ लाख ५० हजारका दरले रकम पाउनेछन् ।
आयोगले आज सूचना जरी गर्दै इच्छुक शोधार्थीलाई आजको ६० दिन भित्र आयोगको वेबसाइटमार्फत रितपूर्वक अनलाइन आवेदन दिन अनुरोध गरेको छ ।

ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया