मिनी स्कर्ट र हाफ पाइन्ट लगाएका युवा–युवतीलाई कर्मचारीले सेवा नदिने
काठमाडौं । हाफ पाइन्ट र मिनी स्कट लगाएर जिल्ला प्रशासन कार्यालय, झापामा सेवा लिन जाँदै हुनुहुन्छ ? यदि त्यसो हो भने पहिरनमा ख्याल गर्नु होला । अन्यथा तपाईं प्रशासनको गेटबाटै फर्काइन पनि सक्नुहुन्छ ।
जिल्ला प्रशासन कार्यालय, झापाले भड्किला, असम्भ र अस्वाभाविक पहिरनलाई वन्देज गर्न सेवाग्राहीको ड्रेस कोड तोकेको हो ।
जिल्ला प्रशासन कार्यालय झापाले यही असोज १२ गते एक सूचना जारी गरेर स्वाभाविक र सभ्य देखिने पोशाकमा आउन सेवाग्राहीलाई अनुरोध गरेको छ ।
सूचनामा पुरुषको हकमा हाफपाइन्ट र महिलाको हकमा मिनीस्कटजस्ता भड्किला र असभ्य पोशाक लगाएमा कार्यालय प्रवेशमै रोक लगाइने उल्लेख छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया