NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

प्रधानमन्त्री प्रचण्ड शुक्रबार बझाङ जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ जाने भएका छन् ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले मंगलबार गएको भूकम्पको केन्द्रविन्दु रहेको बझाङ जाने कार्यक्रम शुक्रबारका लागि तय भएको जानकारी दिए ।

मंगलबार दिउँसो २ः ४१ मा ५.३ र ३ः ०६ बजे बझाङ केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पमा परी एक जना महिलाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लामा व्यक्तिगत घरका साथै केही सार्वजनिक भवनमा पनि क्षति पुगेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष