NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

‘रिगल’को कैद सजाय मिनाहा गर्ने निर्णय विरुद्धकाे रिटमाथि सुनुवाइ सुरु

काठमाडौं । नेपालगन्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाइ सुरु भएको छ ।

न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा उक्त रिटमाथि सुनुवाइ भइरहेको हो । नेपालगन्जमा रिगलको निर्देशनमा मारिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले असोज १४ गते रिट दायर गरेकी थिइन् ।

सर्वस्वसहित जन्मकैद भएका रिगललाई गत संविधान दिवसका अवसरमा आम माफी दिइएको थियो । चेतनको २०७२ सालमा खुँडा हानी हत्या भएको थियो ।

आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन शेर्पाले माग गरेकी छन् ।

उनले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय पनि बदर गर्न माग रेकी छन् ।

उक्त निवेदनमाथि दुई पटक पेशी तोकिए पनि न्यायाधीशहरुले मुद्दा हेर्न नभ्याएका कारण सुनुवाइ हुन सकेको थिएन ।