प्रधानमन्त्री गए भूकम्प प्रभावित जिल्ला बझाङ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री प्रचण्ड शुक्रबार भूकम्प प्रभावित बझाङको अवलोकन गर्न नेपाली सेनाको हेलिकप्टरबाट गएका हुन् ।
त्यहाँ पुगेर प्रधानमन्त्री प्रचण्डले भूकम्पले क्षति पुर्याएका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तरक्रिया गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड आजै बेलुका काठमाडौं फर्किने कार्यक्रम छ ।
तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर असोज १६ गते गएको भूकम्पमा १ जनाको ज्यान गएको छ भने, २० जना घाइते भएका छन् ।
घाइतेहरुमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् भने ५ जनालाई अन्यत्र रिफर गरिएको छ । जिल्ला अस्पतालमा २ जना उपचाररत छन् ।
भूकम्पले घरलगायतका भौतिक संरचनामा धेरै क्षति पुगेको भए पनि एकिन विवरण आइसकेको छैन ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया