इजरायलमा हमासको आक्रमण, ९ नेपाली घाइते, दुई गम्भीर

काठमाडौं । इजरायलको मध्य र दक्षिण क्षेत्रमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा ९ नेपाली घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।
इजरायलस्थित नेपाली राजदूतावासले घटनामा ९ जना नेपाली घाइते भएकोमा २ को अवस्था गम्भीर रहेको जनाएको छ ।
घाइते हुनेमा सुदूरपश्चिम विश्वविद्यालयबाट बिएस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा लर्न एन्ड अर्नअन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका विद्यार्थी छन् । सुदूरपश्चिम विश्वविद्यालयका ४९ विद्यार्थी गत भदौ २७ मा इजरायल पुगेका थिए ।
इजरायलमा रहेका एक नेपाली विद्यार्थीले बताएअनुसार, घाइतेमध्ये पाँच नेपालीलाई उद्धार गरेर अस्पताल लगिएको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, हमासले कब्जामा लिएको किबुज क्षेत्रमा पनि नेपालीहरू छन् ।
इजरालयलमा करिब पाँच हजार नेपाली रहेको अनुमान छ । हमासको आक्रमणपछि नेपालीहरूले असुरक्षित बनेको भन्दै सरकारसँग उद्धारको माग गरिरहेका छन् । सरकारले परिस्थितिलाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपालीलाई सतर्क रहन अनुरोध गरेको छ ।
ताजा अपडेट
-
पाँच प्रदेशका केही भागमा हल्कादेखि मध्यम वर्षा
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
प्रतिक्रिया