NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

अफगानिस्तानमा भूकम्प: २ हजार बढिको मृत्यु

काठमाडौं । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा गरि मृत्यु हुनेको संख्या बढ्दोक्रममा रहेको छ ।

अफगानिस्तानको तेस्रो ठूलो पश्चिमी हेरात प्रान्तको हेरात सहरबाट २५ किलोमिटर टाढाको क्षेत्रमा शनिबार ६.३ म्याग्निच्युडको भूकम्पमा परि हालसम्म झन्डै २ हजार व्यक्तिको मृत्यु भएको तालिबानले जनाएको छ ।

सूचना र संस्कृति मन्त्रालयका वरिष्ठ अधिकारी अब्दुल वाहिद रायनले उद्धार कार्य जारी रहेकाले सङ्ख्या बढ्न सक्ने र भग्नावशेषमुनि अझै फसेका मानिसहरू रहेको उनले जानकारी दिएका छन् ।

प्रारम्भिक भूकम्पको धक्का छिमेकी प्रान्त बद्घिस र फराहमा पनि महशुस गरिएको थियो र त्यसपछि धेरै पराकम्पन गएको थियो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार हेरात प्रान्तका कम्तीमा १२ गाउँका ६०० भन्दा बढी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।

प्रत्यक्षदर्शी स्थानीय ४२ वर्षीय बशीर अहमदले भूकम्पको पहिलो झट्कामा सबै घर भत्किएका र घरभित्र रहेकाहरू पुरिएका थिए । उनले भने, ‘अझै धेरै हामीले कुनै खबर नसुनेका परिवारहरू छन् ।’

स्थानीय नेक मोहम्मदले एएफपीसँगको कुराकानीमा स्थानीय समयअनुसार बिहान ११ः०० बजे पहिलो भूकम्प आउँदा आफू काममा रहेको तर भूकम्पपछि हतारहतार घर फर्किँदा त्यहाँ केही पनि बाँकी नदेखेको बताए ।

‘सबै कुरा भूकम्पबाट ढलेका घरका भग्नावशेषमुनि पुरिएका थिए,’ उनले भने । शनिबार स्थानीय र घटनास्थल वरपर उपलब्ध सुरक्षाकर्मीको सहयोगमा करिब ३० जनाको शव निकालिएको थियो ।

भूकम्पपछि स्थानीयले रातभर खुला आकाशमा रात बिताएको बताए । मोहम्मदले भने, “अहिलेसम्म हामीसँग ओढ्ने कम्बल वा खानेकुरा केही पनि छैन । यहाँ हामी आफन्तहरू गुमाएको शोकमा छौँ र खाना पनि खान पाएका छैनौँ ।”

डब्लूएचओले शनिबार राति क्षतिको विवरण आउने क्रम जारी रहेकोले तत्काल यति नै हताहत भएको भन्ने अनुमान गर्नु हतार हुने बताएको थियो ।

हेरात शहरमा पहिलो भूकम्पको धक्का महशुस भएपछि त्यहाँका बासिन्दाले आफ्नो घर, विद्यालय, अस्पताल र कार्यालयहरू खाली गराएका थिए । बजार क्षेत्रमा हताहतका धेरै घटनाहरू भएको रिपोर्टहरू आएका छन् ।

सन् २०२१ मा तालिवान सत्तामा फर्किएपछि व्यापक रूपमा विदेशी सहायता फिर्ता लिएपछि अफगानिस्तान पहिलेदेखि नै गम्भीर मानवीय सङ्कटको चपेटामा परेको छ ।

करिब १९ लाख जनसङ्ख्या रहेको हेरात प्रान्तमा इरानसँगको सीमामा पर्छ । हेरातमा वर्षौं लामो खडेरीले धेरै कृषकहरूलाई आर्थिक तथा मनोवैज्ञानिक रूपमा कमजोर बनाएको छ ।

युरेशियन र भारतीय टेक्टोनिक प्लेटहरूको संगमनजिक रहेको हिन्दकुश पर्वत शृङ्खलामा रहेको अफगानिस्तानी भूभाग अक्सर भूकम्पको चपेटामा पर्छ ।

देशमा गहिरो आर्थिक संकट भइरहेका बेला अर्को प्राकृतिक प्रकोपबाट फर्किएको छ।

ताजा अपडेट

नेपालवाच विशेष