इजरायलमा रहेका नेपालीहरूको उद्धार गर्न एमालेद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले इजरायलमा रहेका नेपालीहरूलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले इजरायलमा रहेका नेपालीको उद्धार गर्ने काममा एक मिनेट पनि ढिलाइ नगर्न सरकारसँग आग्रह गरेका हुन् ।
गिरीले हमासको आक्रमणमा परेर बन्दी जीवन बिताइरहेका नेपालीहरूको तत्काल उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यहाँका समकक्षी बेन्जामिन नेतान्याहूसँग तत्काल संवाद गर्नुपर्ने बताएका हुन् ।
प्रमुख सचेतक गिरीले सरकारले आक्रमणमा परेर घाइते भएकाहरूलाई तुरुन्तै उपचारको आवश्यक व्यवस्था मिलाउनुपर्ने पनि बताए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया