इजरायलमा रहेका नेपालीहरूको उद्धार गर्न एमालेद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले इजरायलमा रहेका नेपालीहरूलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले इजरायलमा रहेका नेपालीको उद्धार गर्ने काममा एक मिनेट पनि ढिलाइ नगर्न सरकारसँग आग्रह गरेका हुन् ।
गिरीले हमासको आक्रमणमा परेर बन्दी जीवन बिताइरहेका नेपालीहरूको तत्काल उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यहाँका समकक्षी बेन्जामिन नेतान्याहूसँग तत्काल संवाद गर्नुपर्ने बताएका हुन् ।
प्रमुख सचेतक गिरीले सरकारले आक्रमणमा परेर घाइते भएकाहरूलाई तुरुन्तै उपचारको आवश्यक व्यवस्था मिलाउनुपर्ने पनि बताए ।
ताजा अपडेट
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
प्रतिक्रिया