इजरायलमा रहेका नेपालीको उद्धारका लागि के गर्दैछ सरकार ?

काठमाडौं ।इजरायलमा रहेका नेपालीको अवस्था पहिचान र उद्धारका लागि सरकारले परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा सबै सरोकारवाला निकाय सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरेको छ । ‘यस संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपालीको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायत सम्पूर्ण कार्यहरू गर्नेछ,’ मन्त्री साउदले सदनमा भने ।
आक्रमणपछि नेपालीको अवस्था बुझ्न तथा उनीहरूको सुरक्षाको प्रत्याभूति गर्न परराष्ट्रले आफ्नो संयन्त्र एवं सम्पर्क परिचालन गरेको मन्त्री साउदले बताए ।
नेपाली दूतावासलाई नेपालीको उद्धार गर्न, त्यहाँको वस्तुस्थितिको जानकारी गराई सुरक्षित रूपमा रहन, इजरायल सरकारले जारी गरेको सुरक्षा निर्देशन तथा नियम पालना गर्नका लागि जानकारी गराउन निर्देशन दिइसकेको उनले जानकारी गराए । ‘नेपाली राजदूतावासले इजरायलमा रहेका नेपालीलाई आवश्यक जानकारी सम्प्रेषण गर्ने, इजरायल सरकारसँग समन्वय गरी आवश्यक उद्धार र घाइते भएका नेपाली नागरिकको उपचारका लागि पहलकदमी लिइरहेको छ,’ उनले भने । सरकार इजरायलमा रहेका नेपालीलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्नका लागि पूर्ण प्रतिबद्ध रहेको मन्त्री साउदको भनाइ छ ।
निधन भएका नेपालीको शव फिर्ता गर्न र इच्छुक नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता गराउन नेपाल सरकारले आवश्यक प्रबन्ध गर्ने भएको छ । इजरायलमा रहेका सम्पूर्ण नेपालीलाई संयमता अपनाइ दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न सरकारले अनुरोध गरेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
प्रतिक्रिया