इजरायलमै बिलायो फर्केर लोक सेवा पढ्ने राजनको सपना
डोटीको शिखर नगरपालिका– ५ पचनालीका राजन फुलाराको इजरायलबाट फर्केर लोक सेवा पढ्ने सपना थियो । इजरायल उड्नु्अघि उनले आफ्नो योजना परिवारका सदस्य र साथीभाइसँग सेयर गरेका थिए । तर कहिल्यै पूरा नहुने गरी विदेशी भूमिमा एउटा सपनाको अवसान भएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको बिएस्सी एजीका विद्यार्थीका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इन्टर्नसिपमा अध्ययन गर्न इजरायल पुगेका राजनले एक हप्ताअघि आफ्ना काका राजेन्द्र फुलारासँग भिडियोमा कुरा गर्दै आफू नेपाल आएर लोकसेवा आयोगको तयारी गर्ने योजना सुनाएका थिए । तर, इजरायलमा भएको हमलामा उनको ज्यान गएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
राजनसँगको कुराकानी सम्झँदै राजेन्द्रले भने, ‘यहाँ त केही सिक्ने हो अंकल, गर्ने त आफ्नै देशमा हो, नेपाल आएर लोकसेवाकै तयारी गर्छु ।’
जिल्ला अस्पताल डोटीमा कार्यरत काका राजेन्द्रसँग मोबाइलको क्यामेरा फर्काउँदै राजनले भनेका थिए, ‘ऊ त्यही हो अंकल गाजा, यहाँ जतिवेला पनि आक्रमण हुन सक्छ, हामीलाई हमला हुनेबित्तिकै बंकरमा बस्न पनि सिकाइएको छ ।’ छोरा गुमेको खबरले बुबा घनश्याम विक्षिप्त बनेर बेहोस अवस्थामा छन् । घनश्याम ऋण सापट गरेर छोरालाई उच्च शिक्षा पढाइरहेका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया