शहरी विकास अन्तर्गत कर्मचारी माग, कसले दिने आवेदन ?
काठमाडौं । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत नयाँ शहर तथा भवन समन्वय कार्यालयले करार सेवाका लागि पाँच जना कर्मचारी माग गरेको छ ।
यही कार्यालय तथा मातहत कार्यालयमा कार्यरत रहने गरी आर्किटेक्ट इन्जिनियर २ जना, सिभिल इन्जिनियर १ जना तथा नापी अधिकृत र समाज शास्त्री एक/एक जना माग गरेको हो ।
नयाँ शहर आयोजना समन्वय कार्यालयले जारी गरेको सूचना अनुसार इच्छुक र योग्य व्यक्तिले आजको सात दिन भित्र आवेदन दिन सक्नेछन् ।
विशेष गरी लोक सेवा आयोगले प्रकाशित गरेको विज्ञापनका आारमा अस्थायी तथा बैकल्पिक योग्यता क्रममा भएका उम्मेदवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालय लगायत मान्यता प्राप्त विश्वविद्यालयबाट सम्बन्धित विषयमा सर्वोत्कृष्ट भएका विद्यार्थीहरु एवं नयूनतम योग्यता पुगेका आवेदकहरुबाट कर्मचारी छनोट गरिने कार्यालयले जनाएको छ ।

ताजा अपडेट
-
‘फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु’ : सुधन गुरुङ
-
इरान युद्धले तेल बजारमा ‘ओपेक प्लस’को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
-
रविले बोलाए सर्वदलीय बैठक
-
नेपाल–भारतबाट चाँडै उच्चस्तरीय भ्रमण हुने अपेक्षा छ : परराष्ट्रमन्त्री
-
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण


प्रतिक्रिया