NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

नेपाल टेलिकमको एनटी फाइबर सेवामा अफरै-अफर

काठमाडाैं । नेपाल टेलिकमले चाडपर्वलाई लक्षित गर्दै एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफरहरु उपलब्ध गराउने भएको छ ।

टेलिकमले आगामी बिहीबारदेखि उक्त अफर लागु गर्ने भएको हो । यस अफरअन्तर्गत सेवाग्राहीले एनटप् फाइबर सेवाको स्पिड २५० प्रतिशतसम्म पाउने छन् ।

सेवाग्राहीको रुची र चासो रहेको एनटी फाइबर सेवामा कम्पनीले सहुलियत प्रदान गर्न लागेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । टेलिकमका अनुसार यो अफरमा हाल १० एमविपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेको सेवाग्राहीले सोही मूल्यमै २५ एमविपीएस र २० वा ३० एमविपीएस गतिको इन्टरनेट चलाइरहेका सेवाग्राहीले सोही मूल्यमा ५० एमविपीएसको सेवा प्रयोग गर्न सक्नेछन् ।

यसैगरी, ४० एमविपीएस गतिको सुविधा प्रयोग गरिरहेका ग्राहकहरुले सोही मूल्यमा अबदेखि सय एमविपीएसको सेवा प्राप्त गर्न सक्ने छन् ।

हाल ८० एमविपीएस सेवा लिइरहेका सेवाग्राहीहरुलाई पुरानै दरमा १५० एमविपीएस गतिको सेवा उपलब्ध हुने छ । यसका साथै टेलिकमले हाल उपलब्ध हुँदै आएको फेयर युजेज पोलिसि लिमिटलाईसमेत बढाएको छ ।