नेपाल टेलिकमको एनटी फाइबर सेवामा अफरै-अफर
काठमाडाैं । नेपाल टेलिकमले चाडपर्वलाई लक्षित गर्दै एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफरहरु उपलब्ध गराउने भएको छ ।
टेलिकमले आगामी बिहीबारदेखि उक्त अफर लागु गर्ने भएको हो । यस अफरअन्तर्गत सेवाग्राहीले एनटप् फाइबर सेवाको स्पिड २५० प्रतिशतसम्म पाउने छन् ।
सेवाग्राहीको रुची र चासो रहेको एनटी फाइबर सेवामा कम्पनीले सहुलियत प्रदान गर्न लागेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । टेलिकमका अनुसार यो अफरमा हाल १० एमविपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेको सेवाग्राहीले सोही मूल्यमै २५ एमविपीएस र २० वा ३० एमविपीएस गतिको इन्टरनेट चलाइरहेका सेवाग्राहीले सोही मूल्यमा ५० एमविपीएसको सेवा प्रयोग गर्न सक्नेछन् ।
यसैगरी, ४० एमविपीएस गतिको सुविधा प्रयोग गरिरहेका ग्राहकहरुले सोही मूल्यमा अबदेखि सय एमविपीएसको सेवा प्राप्त गर्न सक्ने छन् ।
हाल ८० एमविपीएस सेवा लिइरहेका सेवाग्राहीहरुलाई पुरानै दरमा १५० एमविपीएस गतिको सेवा उपलब्ध हुने छ । यसका साथै टेलिकमले हाल उपलब्ध हुँदै आएको फेयर युजेज पोलिसि लिमिटलाईसमेत बढाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया