इजरायलमा मारिएका विद्यार्थीको सम्झनामा दीप प्रज्वलन

काठमाडौं । इजरायलमा अध्ययन गरी फर्केका नेपालीहरूको सङ्गठन सलोम क्लब नेपालले गत शनिबार इजरायलमा आतङ्ककारी सङ्गठन हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको सम्झनामा बौद्धनाथ स्तुपमा दीप प्रज्वलन गरेको छ ।
क्लबका कार्यवाहक अध्यक्ष कपिलदेव रेग्मीलगायत क्लबका पदाधिकारी, साधारण सदस्य तथा इजरायलका मित्रहरूको सहभागितामा भएको उक्त कार्यक्रममा सयौँले एक मिनेट मौन धारण गरेका थिए ।
उक्त आक्रमणमा ज्यान गुमाएका नेपालीका साथै इजरायलीलगायत सबैको आत्माको चिरशान्तिको कामना गरिएको थियो । नेपालका शैक्षिक प्रतिष्ठानमा स्वयंसेवा गर्न आएका इजरायली विद्यार्थीको पनि कार्यक्रममा सहभागिता थियो ।
यसैबीच, क्लबले एक विज्ञप्ति निकालेर आतङ्कवादी हमलाको निन्दा गर्दै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि तथा उनीहरूका परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
ताजा अपडेट
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
-
नेप्से परिसूचक २.४० अंकले बढ्यो ,कारोबार कति ?
प्रतिक्रिया