आजदेखि एमाले मधेश प्रदेश अधिवेशन, ओलीले भने ‘आइ जनकपुर मे भेंट करी, हम आबी रहल छी’
जनकपुरधाम । नेकपा (एमाले) मधेश प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए ।
उनले एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको जानकारी दिए । अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालले जनाएको छ ।
अधिवेशन उद्घाटन गर्न अध्यक्ष केपी ओली आज मध्यान्ह जनकपुरधाम आउने भएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शभ प्रभात ! आइ जनकपुर मे भेंट करी, हम आबी रहल छी ।’
अधिवेशनमा करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । अधिवेशनको आर्थिक श्रोत मुख्य रूपमा पार्टीको आन्तरिक श्रोतबाट नै व्यवस्थापन गरिएको छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया