आजदेखि एमाले मधेश प्रदेश अधिवेशन, ओलीले भने ‘आइ जनकपुर मे भेंट करी, हम आबी रहल छी’

जनकपुरधाम । नेकपा (एमाले) मधेश प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए ।
उनले एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको जानकारी दिए । अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालले जनाएको छ ।
अधिवेशन उद्घाटन गर्न अध्यक्ष केपी ओली आज मध्यान्ह जनकपुरधाम आउने भएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शभ प्रभात ! आइ जनकपुर मे भेंट करी, हम आबी रहल छी ।’
अधिवेशनमा करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । अधिवेशनको आर्थिक श्रोत मुख्य रूपमा पार्टीको आन्तरिक श्रोतबाट नै व्यवस्थापन गरिएको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया