बागमती किनारमा मृत भेटिए युवक
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर स्थित बागमती नदी किनारमा युवकको शव फेला परेको छ ।
मृत भेटिएका युवक काठमाडौंको बालाजु गोलढुंगा घर भई शंखमुलमा बस्ने २० वर्षीय विकास महरा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सिरिन्जसहित उनको शव घोप्टो परेको अवस्थामा भेटिएको हो । शरीरमा अन्य चोट नदेखिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरीले मृतकको फोन पनि बरामद गरेको छ।
घटनास्थलको मुचुल्का गरी शव पोष्टमर्टमका लागि आज बिहान साढे ८ बजे महाराजगंजस्थित शिक्षण अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया