कोशीको मुख्यमन्त्री माग्दै देउवालाई भेट्न गएका पराजुलीले पाए यस्तो जवाफ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशी प्रदेशको मुख्यमन्त्रीका लागि पार्टीका तर्फबाट सस्थागत निर्णय हुने बताएका छन् ।
आफुलाई मुख्यमन्त्री बनाउन भन्दै सभापति देउवालाई भेट्न पुगेका कोशी प्रदेशसभा सदस्य भीम पराजुलीलाई देउवाले यस्तो जवाफ दिएका हुन् ।
जवाफमा देउवाले संसदीय दलको नेता नै पहिलो प्राथमिकता रहने बताएका थिए । ‘सभापति ज्यूले मुख्यमन्त्री बन्दा संस्थागतरूपमा बन्छ । कांग्रेसबाट बन्ने भयो भने जो संसदीय दलको नेता छ त्यही हुन्छ । अरु हुँदैन भन्नुभयो,’ पराजुलीले भने ।
विराटनगर महानगरपालिकाका पूर्वमेयरसमेत रहेका पराजुली नेता सिटौला निकट मानिन्छन् । कांग्रेस कोशीका संसदीय दलका नेता उद्धव थापाको दुई पटकको नियुक्त सर्वोच्च अदालतले बदर गरिदिएपछि संसदीय दलको नेतामा उनको विकल्प खोज्नुपर्ने आवाज पार्टीभित्र उठिरहेको अवस्थामा पराजुली मुख्यमन्त्री बन्न तम्सिएका हुन् ।
थापा पनि सिटौला निकट नै हुन् । कोशीमा सरकार गठनका लागि राप्रपाको समर्थन आवश्यक पर्छ । त्यहाँ राप्रपाका ६ सांसद छन् । राप्रपा कांग्रेसको सिटौला पक्षलाई समर्थन गर्न हिच्किचाइरहेको छ ।
किनकी लिङ्देन र सिटौलाबीच सम्बन्ध राम्रो नभएको कांग्रेस नेताहरु बताउँछन् । उनीहरु झापा क्षेत्र नम्बर ३ का प्रतिस्पर्धी हुन् । तर कांग्रेसको संस्थापन इतरपक्षले भने थापाको ठाँउमा केदार कार्कीलाई विकल्पका रुपमा उभ्याएको छ ।
नेता डाक्टर शेखर कोइराला र डाक्टर मिनेन्द्र रिजालले कार्कीलाई गठबन्धन उम्मेदवार बनाउन पार्टीसँगै गठबन्धन दल माओवादी केन्द्रलाई पनि दबाब दिइरहेका छन् ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया