बिहारमा रेल दुर्घटना, ६ को मृत्यु, ८० जना घाइते
काठमाडौं । भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ८० जना घाइते छन् ।
दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल बुधबार राति स्थानीय समय अनुसार ९ः५३ बजे दुर्घटना भएको हो ।
भारतीय सञ्चार माध्यमहरूले रेल दुर्घटना भएको जनाउँदै यसका १२ डिब्बा लिकबाट उछिट्टएको जनाएका छन् ।
दुर्घटनामा घाइतेलाई उद्धार गरेर अस्पताल लगिएको र घाइतेमध्ये केही अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया