NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

एक करोड भ्रष्टाचारमा असईलाई ६ वर्ष कैद

काठमाडौं । नेपाल प्रहरीको नक्सालस्थित कल्याणकारी कोषद्वारा सञ्चालित पेट्रोल पम्पमा भ्रष्टाचार गर्ने प्रहरी सहायक निरीक्षक (असइ) दिलिप कार्कीलाई विशेष अदालतले ६  वर्ष कैद सजाय सुनाएको छ । एक करोड भ्रष्टाचारको अभियोग लागेका उनलाई ६० लाख ७५ हजार रुपैयाँ जरिवाना र सोही बरामबर बिगो असुलको फैसला भएको छ ।

विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासबाट सो मुद्दामा सजाय निर्धारण भएको हो । कार्कीलाई १५ असोजमा नै बिशेषले दोषी ठहर गरेको थियो । पेट्रोल पम्पको आम्दानी लुकाएर उनले भ्रष्टाचार गरेको भन्दै दुई वर्षअघि बिशेष अदालतले मुद्दा दायर गरेको थियो । अनियमिततामा संलग्न उच्च पदस्थले पनि यसमा उन्मुक्ति पाएका थिए । पेट्रोल पम्पमा लेखापालका रुपमा कार्यरत कार्की मात्र सजायको भागीदार भएका छन् ।