एक करोड भ्रष्टाचारमा असईलाई ६ वर्ष कैद
काठमाडौं । नेपाल प्रहरीको नक्सालस्थित कल्याणकारी कोषद्वारा सञ्चालित पेट्रोल पम्पमा भ्रष्टाचार गर्ने प्रहरी सहायक निरीक्षक (असइ) दिलिप कार्कीलाई विशेष अदालतले ६ वर्ष कैद सजाय सुनाएको छ । एक करोड भ्रष्टाचारको अभियोग लागेका उनलाई ६० लाख ७५ हजार रुपैयाँ जरिवाना र सोही बरामबर बिगो असुलको फैसला भएको छ ।
विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासबाट सो मुद्दामा सजाय निर्धारण भएको हो । कार्कीलाई १५ असोजमा नै बिशेषले दोषी ठहर गरेको थियो । पेट्रोल पम्पको आम्दानी लुकाएर उनले भ्रष्टाचार गरेको भन्दै दुई वर्षअघि बिशेष अदालतले मुद्दा दायर गरेको थियो । अनियमिततामा संलग्न उच्च पदस्थले पनि यसमा उन्मुक्ति पाएका थिए । पेट्रोल पम्पमा लेखापालका रुपमा कार्यरत कार्की मात्र सजायको भागीदार भएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया