‘कोठामा आएको ग्रेनेड फालेर १७ जना साथी बचाएका विपिनलाई हमासले लग्यो’
काठमाडौं । इजरायलबाट उद्धार गरिएका नेपालीहरु आज बिहान नेपाल आइपुगेका छन् । परराष्ट्र मन्त्री एनपी साउदसहितको टोलीले उनीहरुलाई नेपाल ल्याएको हो । नेपाल ल्यान्ड भएपछि त्यहाँ भएको हमलाबारे विद्यार्थीहरुले अनुभव सुनाएका छन् ।
उनीहरुले विमानस्थलमा खुशीसँग दु:ख पनि व्यक्त गरेका छन् । ज्यान गुमाएका साथीहरु सम्झेर भावुव भएकी नेपाली विद्यार्थी बिबुशा अधिकारीले बेपत्ता भएका विपिन जोशीको खोजी गरिदिन आग्रह गरिन् ।
हमासले हानेको ग्रेनेड नेपाली विद्यार्थी विपिन जोशीले टिपेर उतै फालिदिए । १७ जना नेपाली बसेको कोठामा आएको ग्रेनेड जोशीले नफालेको भए कोही बच्ने थिएनन् । तर विपिन जोशी हाल सम्पर्कविहीन छन् । हमासले विपिनलाई लगेको बिबुशा बताउँछिन् ।
साथीहरूलाई बचाउने रियल हिरोलाई जसरी भए पनि बचाउन बिबुशाले सरकारसँग आग्रह गरिन् । विपिन बसेको फार्मबाट छ जना बच्न सफल भए भने बाँकी नेपाली विद्यार्थीको मृत्यु भएको उनले बताइन् ।
शुक्रबार बिहान नेपाल फर्किएकी विबुशा भन्छिन्, ‘इजरायल सरकार र नेपालको तर्फबाट पूर्ण सहयोग भयो ।’ इजरायलका नागरिकले समेत सहयोग गरेर आफूहरू सुरक्षित नेपाल आएको बताइन् ।
सरकारले बिहीबार राती इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया