NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

कात्तिक ४ गतेसम्म काठमाडौंका यी क्षेत्रमा विद्युत अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लैनचौरस्थित ६६/११ के.भी. सबस्टेसनको स्तरोन्नति कार्य सुरु गरेको छ ।

उक्त सबस्टेसनबाट सञ्चालित क्षेत्रहरु सामाखुशी, ठमेल, किंग्सवे, लाजिम्पाट र पानीपोखरी क्षेत्रमा विद्युत अवरुद्ध हुने भन्दै प्राधिकरणले सूचना जारी गरेको छ ।

यद्यपि, यस क्षेत्रहरुमा भृकुटीमण्डप, कमलपोखरी, डिल्लीबजार, क्षेत्रपाटी, असन, महाबौद्ध, न्यूरोड, पुतलीसडक, गोंगबु, रानीबारी र बालुवाटार क्षेत्रबाट विद्युतको वैकल्पिक व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

यी क्षेत्रहरुमा यही असोज २४ गतेदेखि कात्तिक ४ गतेसम्म विद्युत् अवरुद्ध हुनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष