कालापानी मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न जनमोर्चाको माग
काठमाडौं । कालापानीमा भारतले कब्जा गरेर भारतीय सङ्घमा मिलाउनका लागि लामो समयदेखि विभिन्न षड्यन्त्र गर्दै आएको भन्दै राष्ट्रिय जनमोर्चा पार्टीले आपत्ति जनाएको छ । जनमोर्चाले कालापानी मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने माग गरेको छ ।
नेपालको कालापानी क्षेत्रमा पर्ने गुन्जी गाउँमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई पूर्व जानकारी नगराई भ्रमण गरेकोमा सो पार्टीले आपत्ति जनाएको हो । मोदीले बिहीबार नेपालको नक्सामा समेटिएको गुञ्जी र कुटीलगायत क्षेत्रमा भ्रमण गरेका हुन् ।
पार्टीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाललाई कुनै जानकारी नै नगरी भारतीय प्रधानमन्त्री उक्त क्षेत्रमा भ्रमण गर्ने कुरा अन्तर्राष्ट्रिय कूटनीति, मर्यादा तथा शिष्टाचारको उल्लङ्घन हो । त्यसका साथै त्यो भारतीय साम्राज्यवादको नेपालप्रतिको हेपाहा तथा विस्तारवादी नीति नै हो ।’
कालापानी क्षेत्रमा पर्ने गुन्जी लगायतका गाउँ दार्चुला जिल्लाको ब्यास गाउँपालिका-१ मा पर्दछन् । कुटी, गुन्जी, नाभी, न्यूराङ्, छोटाकैलाश सहितको कालापानी क्षेत्र नेपालको सार्वभौमसत्ता र राष्ट्रिय खण्डताभित्र पर्ने भूभाग भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
भारतीय प्रधानमन्त्रीको भ्रमणबाट पनि कालापानी क्षेत्रको अतिक्रमित भूभागबाट भारतले आफ्ना सेना फिर्ता लैजान नचाहेको देखिने भन्दै यो विवादलाई अन्तर्राष्ट्रियकरण गर्न ढिलाइ गर्न नहुने जनमोर्चाको माग छ ।
कालापानी क्षेत्रको गुञ्जीमा मोदीको भ्रमण, नेपालीलाई प्रवेश रोक
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया