लोबुचेमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना
काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ ।
आज बिहान रुम्झाटारबाट लोबुचेका लागि सवा ७ बजे उडेको ९एन-एएनजे कलसाइन भएको हेलिकोप्टर दुर्घटनामा परेको हो ।
हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन उडेको हेलिकप्टर सोलुखुम्बुको नाम्चेभन्दा माथि लोबुचेमा दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे।
हेलिकप्टरमा पाइलटमात्रै रहेको र पाइटल पिके सेढाइ सुरक्षित रहेको निर्देशक न्यौपानेले बताए । दुर्घटनाबाट घाइते भएका सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया