नापी कार्यालयका सर्वेक्षक र विचौलिया घुससहित अख्तियारको फन्दामा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भद्रपुरस्थित नापी कार्यालयका सर्वेक्षक देव नारायण ठाकुर र विचौलिया उमेश यादवलाई रंगेहात पक्राउ गरेको छ ।
आयोगको टोलीले उनीहरूलाई दुवैलाई कुल एक लाख २५ हजार रुपैयाँको चेकसहित नियन्त्रणमा लिएको हो ।
जग्गा कित्ताकाट गरेवापत सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अनुसन्धानमा खटिएको आयोगले ठाकुरबाट ७० हजार र यादवबाट ५५ हजार रुपैयाँको चेकसहित घुस लिइसकेको अवस्थामा फेला पारेको हो ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दाहालले जनाएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया