NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

पार्टी प्रवेशले रिनाकुमारी साहको नगरप्रमुख पद चैट !

काठमाडौं। रौतहटको मौलापुर नगरपालिकाकी नगरप्रमुख रिनाकुमारी साहले नगरप्रमुखको पद गुमाएकी छिन् । मङ्गलबार निर्वाचन आयोगले सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नामक राजनीतिक दलबाट निर्वाचित भएकी उनले दल त्याग गरी अन्य दलको सदस्यता लिएका कारण प्रमुख पद गएको आयोगले जनाएको छ ।

पार्टी त्याग गरेको र अन्य पार्टीको सदस्यता लिएको भनी नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त भएपछि निज निर्वाचित भएको पद रिक्त भएको आयोगले जनाएको छ ।

राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम साहको पद स्वत: रिक्त भएको हो ।