पार्टी प्रवेशले रिनाकुमारी साहको नगरप्रमुख पद चैट !
काठमाडौं। रौतहटको मौलापुर नगरपालिकाकी नगरप्रमुख रिनाकुमारी साहले नगरप्रमुखको पद गुमाएकी छिन् । मङ्गलबार निर्वाचन आयोगले सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नामक राजनीतिक दलबाट निर्वाचित भएकी उनले दल त्याग गरी अन्य दलको सदस्यता लिएका कारण प्रमुख पद गएको आयोगले जनाएको छ ।
पार्टी त्याग गरेको र अन्य पार्टीको सदस्यता लिएको भनी नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त भएपछि निज निर्वाचित भएको पद रिक्त भएको आयोगले जनाएको छ ।
राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम साहको पद स्वत: रिक्त भएको हो ।

ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया