NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

गुम्यो प्रभु साहकी पत्नीको मेयर पद

काठमाडौं । नेकपा एमालेको तर्फबाट मौलापुर नगरपालिका, रौतहटको उम्मेदवार बनेर मेयरमा विजयी प्रभु साह पत्नी रीना कुमारी साहको पद गुमेको छ ।

नेकपा एमालेबाट विजयी बनेकी रीना अन्य दल प्रवेश गरेपछि निर्वाचन आयोगले उनको पद गुमेको निर्णय गरेको हो । रीना श्रीमान् समेत रहेका प्रभु साहले आम जनता पार्टी गठन गरेपछि त्यतै लागेकी थिइन् ।

निर्वाचन आयोगले मंगलबार एक सूचना जारी गर्दै रीना एमाले त्यागेर अन्य दलमा आबद्ध भएकाले मौलापुर नगर प्रमुखको उनको पद गुमेको जनाएको छ ।

यसअघि नेकपा एमालेले केन्द्रीय समितिको निर्णयसहित रीनाले एमाले त्यागेको जानकारी निर्वाचन आयोगमा गराएको थियो । आयोगले उजुरीपछि राजनीतिक दल सम्बन्धी ऐन र नियमावलीअनुसार उनको पद गुमेको निष्कर्ष सुनाएको हो ।