NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

एनएमबि बैंकले पायो २० मिलियन अमेरिकी डलर ऋण 

काठमाडाैं । एनएमबि बैंक लिमिटेडले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यम (SMEs) लाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार Dutch Entrepreneurial Development Bank (FMO ) बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको छ ।

बैंक र एफएमओबीचको याे साझेदारीमा एफएमओबाट बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि  र बाँकी रकम MSME विकाश र प्रबर्दनको लागि प्राप्त भएको हाे।

बैंकले हाल देशभरी २०१ शाखा, १५१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरुमार्फत सेवा दिदैं आइरहेको छ ।