NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

इरानमाथि अमेरिकाले किन लगायो नयाँ प्रतिबन्ध ?

एजेन्सी । अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ट्वीटमार्फत यसको जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘इरानको ब्यालेस्टिक मिसाइल र ड्रोन कार्यक्रम रोक्न अमेरिकाले आज नयाँ प्रतिबन्ध लगाएको छ ।’

इरानमाथि संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्ध बुधबार फुकुवा भएको थियो । यसलाई ध्यानमा राख्दै अमेरिकाले नयाँ प्रतिबन्धको घोषणा गरेको हो । इरानका कम्पनीहरुलाई यस्ता संवेदनशील प्रविधि नबेच्न चेतावनी दिइएको छ ।

इजरायल र हमासबीच द्धन्द्ध जारी रहेको बेलामा अमेरिकाले यो प्रतिबन्धको घोषणा गरेको हो । अमेरिकी अधिकारीहरुले इजरायलमा हमासले आक्रमण गर्नुमा इरानको भूमिका रहेको प्रमाण नभेटिएपनि इरानले हमासलाई लामो समयदेखि साहायता उपलब्ध गराउँदै आएको बताउँछन ।

संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्धको अन्त्य भएपछि इरानलाई मिसाइल बनाउन तथा मिसाइल र ड्रोन प्रविधि निर्यात गर्न सहज हुनेबारे अमेरिका र उसका सहयोगीहरुलाई डर छ ।