दशैंको मुखमा सरकारको नीतिगत चलखेलः सुपारी, केराउ र मरिचको आयात खुलाइयो
काठमाडौं । दशैंको मुखमा सरकारले नीतिगत चलखेल गरी व्यापारीलई फाइदा हुने निर्णय गरेको छ । व्यापारीहरूको स्वार्थमा सुपारी, केराउ र मरिचको आयात खोल्न दिने निर्णय भएको छ ।
यससम्बन्धि निर्णय बिहीबारको राजपत्रमा प्रकाशित भएको छ । उद्योगहरुको लागि भनेर यी सामानको आयात खुलाइएको छ । तर, यस्ता सामान भारतमा तस्करी हुन्छ । यसमा ठूलो नीतिगत चलखेल रहेको स्रोत बताउँछ ।
उद्योगका नाममा सामान ल्याउने र नेपालमा उत्पादन भएको देखाएर तथा अवैध बाटोबाट भारतमा तस्करी हुने गरेको छ । यसमा ठूला व्यापारीले सरकारलाई नै प्रभावमा पार्ने गर्दछन् । यसपटक पनि त्यस्तै भएको छ । ‘यो सबै दलको मिलेमतोमा भएको नीतिगत भ्रष्टाचार हो,’ एक उच्च प्रशासक भन्छन्,‘केही उद्योगहरुलाई समस्या भएको बहानामा सरकारले नै अवैध तस्करीलाई प्रोत्साहन गरेको छ ।’
विगतमा पनि पटक–पटक निश्चित व्यापारीको स्वार्थमा यी सामानको आयात खोल्ने र बन्द गर्ने काम हुँदै आएको छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया