NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

एनआरएनए अध्यक्षमा बद्री केसी विजयी, धाँधली गरिएको भन्दै प्रतिद्वन्द्वीद्वारा परिणाम अस्वीकार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसी निर्वाचित भएका छन् । काठमाडौंमा जारी एनआरएनएको ११औं महाधिवेशनअन्तर्गत बिहीबार भएको निर्वाचनबाट केसी अध्यक्षमा विजयी भएका हुन् । निर्वाचन समितिले केसी निर्वाचित भएको घोषणा गरे पनि उनको प्रतिद्वन्द्वी समूहले धाँधली भएको भन्दै परिणाम अस्वीकार गरेको छ ।

निर्वाचन समितिले १३७८ मतका साथ डा. केसी अध्यक्षमा निर्वाचित भएको जनाएको छ । उनीसँगै प्रतिस्पर्धामा उत्रिएका आरके शर्मा १२८१ र महेश श्रेष्ठले १२२५ मतमा रोकिए ।

एनआरएनएको नेतृत्व हत्याउन सफल डा. केसी एमाले समर्थित हुन् ।

यसैबीच, पराजित उम्मेदवारहरूले डा. केसी समूहले सिस्टम ह्याक गरेको आरोप लगाउँदै परिणाम अस्वीकार गरेका छन् । अहिले पराजितहरूको समूहले परिणाम नमान्ने बताउँदै नाराबाजी गरिरहेका छन् ।नाराबाजीपछि एनआरएनएको महाधिवेशनस्थल तनावग्रस्त बनेको छ ।