युएईले नेपाललाई दियो १६५ रनको लक्ष्य
काठमाडौं । नेपाललाई युएईले १६५ रनको लक्ष्य दिएको छ । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत सोमबार भएको खेलमा यूएईले नेपाललाई जितका लागि १६५ रनको लक्ष्य दिएको हो।
टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ सम्हालेको यूएईले ७ विकेट गुमाएर १६४ रन जोडेको हो ।
यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले समान ४५ रन जोडे । आसिफ खानले १८, खालिद शाहले १२, अलिशान शराफु र अल नासिरले ८÷८ तथा मोहम्मद वासिमले ८ रन जोडे ।
नेपालका सोमपाल कामी र अविनाश बोहोराले २÷२ विकेट तथा करण केसी र गुल्शन झाले एक÷एक विकेट लिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया